दफा २०क
चकला वन
: (१) वनको उत्पादकत्व वृद्धि गर्ने प्रयोजनको लागि सरकारद्वारा व्यवस्थित वनको कुनै भागलाई नेपाल सरकारले सिमाङ्कन गरी चकला वनको रुपमा व्यवस्थापन गर्न सक्नेछ ।
(२) उपदफा (१) वमोजिम व्यवस्थापन गरिने चकला वन नेपाल सरकारले तोकिए बमोजिम प्रतिस्पर्धाको आधारमा तोकिएको अवधिको लागि निजी क्षेत्रसँगको साझेदारीमा समेत व्यवस्थापन गर्न सक्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम चकला वनको व्यवस्थापनको लागि दफा २० बमोजिम कार्ययोजना स्वीकृत गरी लागू गर्नु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम निजी क्षेत्रसंगको साझेदारीमा व्यवस्थापन गरिएको चकला वनको लागत तथा वन पैदावारको बांडफांट तोकिए बमोजिम हुनेछ ।
(५) उपदफा (२) बमोजिम निजी क्षेत्रसँग साझेदारीमा व्यवस्थापन गरिएको चकला वन त्यस्तो अवधि समाप्त भए पछि तोकिए बमोजिम निशुल्क नेपाल सरकारमा हस्तानतरण हुनेछ ।